एनपीएल २ बाट ४७ करोड कमाइयो


काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) बाट ४७ करोड नेपाली रुपैया कमाएको छ । एनपीएलको गभर्निङ काउन्सिलले सोमबार भएको केन्द्रीय कार्यसमितीको बैठकमा कुल ४७ करोड ३६ लाख ५५९ रुपैया ६ पैसा आम्दानी गरेको जानकारी प्रस्तुत गरेको हो ।

आय व्यय विवरणअनुसार लिगमा रु. २१ करोड ९६ लाख ५ हजार १२३ खर्च भएको जनाएको छ । लिगमा सहभागी ८ टोलीलाई कुल नाफाको आधा रकम बाँडफाँड गरिएको छ ।

क्यानले यसबाहेक केही निर्णय पनि सार्वजनिक गरेको छ । यस निर्णयअनुसार क्यानको वार्षिक साधारण सभा आगामी वैशाख २७ र २८ गते विराटनगरमा आयोजना गरिनेछ । यस्तै, महिला क्रिकेट विकासको लागि ५ लाख अमेरिकी डलर लगानी गर्ने भएको छ ।