काठमाडौं ।
प्रतिनिधिसभाको निर्वाचनमा न्यूनतम मत सीमा अर्थात् थ्रेसहोल्ड नकटाउने दलहरूको कुल मत ८ लाख ९० हजार ७ सय ८६ रहेको छ । समानुपातिकमा तीन प्रतिशत कटाउने दलका उम्मेदवारमात्र विजय हुने व्यवस्था छ । यसपटक १ करोड ८ लाख ३५ हजार २७ मत खसेको थियो । त्यसमा थे्रसहोल्ड नकटाउने दलहरूको सो मत खेर गएको छ ।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी घोषित भएका छन् । समानुपातिकमा रास्वपाले सबैभन्दा बढी मत ल्याउँदा सबैभन्दा कम मत ल्याउने कीर्तिमानी त्रिमूल नेपाल पार्टीले राख्यो । रास्वपाले ५१ लाख ८३ हजार ४ सय ९३ मत र त्रिमूल नेपालले देशभरबाट ६ सय ९४ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
क्सको कति मत खेर ?
जसपा नेपाल ः १,८२,२८५
राष्ट्रिय परिवर्तन पार्टी ः १,७२,४९३
जनमत पार्टी ः ७९,४३५
चकिया (जाँतो) (रामुपा÷जसपा÷नाउपा, नेपाल) ः ६२,०६९
नेपाल मजदुर किसान पार्टी ः ४२,३०१
राष्ट्र निर्माण दल नेपाल ः ३९,५७७
राष्ट्रिय जनमोर्चा ः २९,४५५
एकल चिह्न बस (नेसंसपा÷बए पार्टी÷नेजजापा) ः २९,४३६
नेपाल जनता संरक्षण पार्टी ः २८,४२४
प्रगतिशील लोकतान्त्रिक पार्टी ः २४,६७५
नेकपा (माओवादी) ः २३,८६४
मंगोल नेसनल अर्गनाइजेसन ः २०,८२९
मोबाइल (आम जनता पार्टी÷जनादेश पार्टी) ः १९,८३२
सार्वभौम नागरिक पार्टी ः १४,८८७
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ः १०,७२६
संयुक्त नागरिक पार्टी ः ९,१४२
स्वाभिमान पार्टी ः ८,१५६
राष्ट्रिय जनमुक्ति पार्टी ः ७,२१०
नेपाल जनता पार्टी ः ७,१६४
राष्ट्रिय एकता दल ः ७,०७१
नेकपा (माले) ः ६,१७२
राष्ट्रिय गौरव पार्टी ः ५,२५०
नेसनल रिपब्लिक नेपाल ः ५,१६१
गतिशील लोकतान्त्रिक पार्टी ः ५,१०१
नेपालका लागि नेपाली पार्टी ः ५,०१९
नेकपा माक्र्सवादी (पुष्पलाल) ः ४,८३२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ः ४,६८१
नेकपा (संयुक्त) ः ४,५१५
राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल ः ४,३२१
समावेशी समाजवादी पार्टी नेपाल ः ४,२८४
नेपाल लोकतान्त्रिक पार्टी ः ४,१२३
नेपाल मातृभूमि पार्टी ः ३,२२८
जय मातृभूमि पार्टी ः २,९८१
राष्ट्रिय जनता पार्टी नेपाल ः २,९३६
बहुजन शक्ति पार्टी ः २,७७५
प्रजातान्त्रिक पार्टी नेपाल ः २,२४६
नेपाल जनमुक्ति पार्टी ः २,१७२
जन अधिकार पार्टी ः २,११७
नेपाल सद्भावना पार्टी ः २,०१८
पिपुल फस्ट पार्टी ः १,८००
नेपाली कांग्रेस (बीपी) ः १,७८८
नागरिक शक्ति, नेपाल ः १,७३३
नेपाली जनश्रमदान संस्कृति पार्टी ः १,६३९
नेपाली जनता दल ः १,४५४
समावेशी समाजवादी पार्टी ः १,३९७
जनता लोकतान्त्रिक पार्टी, नेपाल ः १,३०३
जगर भएको सिंह (सनेपा÷नासपा) ः १,१३२
जनप्रिय लोकतान्त्रिक पार्टी : ९५५
मितेरी पार्टी नेपाल : ७७२
उन्नत लोकतन्त्र पार्टी : ७३०
त्रिमूल नेपाल : ६९४












प्रतिक्रिया