काठमाडौं।
इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेको प्रत्युत्तरमा इरानले पनि मध्य एशियाका देशमा रहेको अमेरिकी बेसक्याम्पमा आक्रमण गरेको छ । यस आक्रमणले गर्दा मध्य एशिया तनावको वातावरण छाएको छ । यो द्वन्द्वपछि इरानले आगामी फिफा विश्वकप खेल्ने वा नखेल्ने कुनै टुंगो लगाएको छैन ।
प्रतियोगिता तीन महिनापछि अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । समूह चरणको खेलहरू अमेरिकामै खेल्नु पर्ने भएको हुँदा इरानको फुटबल महासंघले खेल्न नसक्ने संकेत भने दिइरहेकोे छ । महासंघका अधिकारीले बताएका थिए—यो हमलापछि विश्वकपमा सहभागिता हुन सक्ने कुनै संभावना हुन सक्दैन ।
इरानले फुटबल टोली अमेरिकामा पठाउँछ वा पठाउँदैन भन्ने नै अहिलेसम्म भएकोे छैन । फिफा पनि यस विषयमा चुपचाप भइरहेको छ । इरानको टोलीलाई अमेरिकामा प्रवेश रोक लगाउन सकिने पनि संभावना रहेको केही विज्ञहरूले बताइरहेका छन् ।
इरानले क्यालिफोर्नियामा न्युजिल्यान्ड र बेल्जियमसँग तथा अर्को खेल सिएटलमा इजिप्टसँग खेल्नु पर्ने तालिका रहेको छ । इरानलाई एक बलियो टोलीको रूपमा हेरिएको छ । इरानको विश्वकपमा सहभागिता योसमेत गरी छ पटक हुनेछ ।
पहिलो संभावना
यदि, इरान विश्वकपबाट हटेमा संयुक्त अरब इमिरेट्स (यूएई) ले खेल्ने छ । एसियाली छनोटअन्तर्गत छनोट नभएका टोलीहरूमा यूएईको रेन्किङ उच्च रहेको हुनाले छनोट गरिने संभावना बनेको छ । हाल इराकले प्लेअफमा ३–२ को अग्रता बनाउँदैं अन्तरमहादेशीय प्लेअफमा इराकले खेल्ने तय भएको छ । इराकले ३१ मार्चमा प्लेअफमा बोलिभिया वा सुरिनामसँग खेल्नेछ । यो खेलमा जितेमा इराक त्यसै पनि विश्वकपमा छनोट हुनेछ ।
दोस्रो संभावना
अर्को पनि संभावना भनेको इराकलाई विश्वकपअन्तर्गत समूह जी मा इरानको स्थानमा राखिनेछ । यो संभावना लागू भएमा ३१ मार्चमा इराकले खेल्ने प्लेअफ खेल यूएईले खेल्नु पर्ने हुन्छ ।
इरानलाई नोक्सान
यदि, इरानले विश्वकपबाट नाम फिर्ता लिएमा इरानको फुटबल महासंघलाई ठूलो नोक्सान हुनेछ । विश्वकपमा छनोट भएबापत फिफाले प्रत्येक टोलीलाई १०.५ मिलियन डलर दिनेछ । नखेलेमा यो रकम इरानले पाउने छैन र त्यसमाथि नखेलेवापत लाग्ने जरिवाना पनि तिराइनेछ ।











प्रतिक्रिया