हिमालयन रियल्टर्सलाई घरजग्गा ब्रोकर र राष्ट्रव्यापी ‘भू–सेवा’अनुमतिः घरजग्गा कारोबार अब पूर्णतः डिजिटल र पारदर्शी हुने


काठमाडौँ ।

घरजग्गा व्यवसायलाई मर्यादित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ क्रियाशील हिमालयन रियल्टर्सले ‘रियल इस्टेट ब्रोकर’ र भूमिव्यवस्थापन तथा अभिलेख विभागबाट राष्ट्रव्यापी ‘भू–सेवा’ संचालनको पूर्ण इजाजतपत्र प्राप्त गरेको छ ।

विगतमा प्रशासनिक जटिलता र प्रत्येक मालपोत कार्यालयबाट छुट्टाछुट्टै अनुमति लिनुपर्ने झन्झटका कारण एकीकृत सेवाप्रवाहमा केही अवरोध सिर्जना भएतापनि, विभागले उपलब्ध गराएको यो राष्ट्रव्यापी अनुमतिसँगै अब देशभरका जुनसुकै स्थानका घरजग्गा कारोबारलाई एकै स्थानबाट सहजीकरण गर्ने मार्गप्रशस्तभएको छ । कम्पनीले यी अनुमतिहरूको माध्यमबाट आफ्ना ग्राहकलाई अत्याधुनिक डिजिटल प्रणालीमार्फत एकीकृत र एकद्वार सेवाप्रदान गर्ने लक्ष्य राखेको छ ।

वर्तमान कानुनी व्यवस्था अनुसार, सरकारले हालका लागि यो सेवा महानगरपालिका र उप–महानगरपालिका क्षेत्रभित्रका ३ करोड रुपियाँभन्दा माथिका संस्थागत कारोबारमा मात्र सीमित गरेको छ । यद्यपि, हिमालयन रियल्टर्सले निकट भविष्यमै यसको क्षेत्राधिकार विस्तार भई नगरपालिका क्षेत्रहरू, ३ करोडभन्दा कमका कारोबार र व्यक्तिगत खरिद–बिक्रीलाई समेत यसै प्रणालीमा समेटिने दृढ विश्वास लिएको छ । यस विस्तारले नेपालको विशाल घरजग्गा बजारलाई अझ बढी व्यवस्थित र सुलभ बनाउनेछ ।

हाम्रो यस सेवाको मुख्य उद्देश्य घरजग्गा प्रशासन र कारोबारमा रहेका विद्यमान जोखिमलाई न्यूनीकरण गर्दै पूर्ण सुरक्षा प्रदान गर्नु हो । सरकारले घरजग्गा क्षेत्रलाई पनि शेयर बजार जस्तै पूर्णतः’नन फेस–टु–फेस’ (अप्रत्यक्षउपस्थिति) र पूर्ण रूपमा बैंकिङ प्रणालीमा आधारित बनाउने जुन दीर्घकालीनलक्ष्य राखेको छ, त्यसलाई साकार पार्न हिमालयन रियल्टर्सले अग्रणी भूमिका खेल्नेछ ।

हामी यस नयाँ सुरुवातसँगै आफ्ना सम्मानित ग्राहकलाई छिट्टै सुरक्षित, आधुनिक र विश्वसनीय घरजग्गा सेवाप्रदानगर्न पूर्ण रूपमातयार रहेको जानकारी गराउँदछौँ ।