काठमाडौ ।
पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिकाबीच जारी वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। तुर्कीको अन्तालिया डिप्लोमेसी फोरममा बोल्दै उनले दुवै देश सम्झौताका निकै नजिक पुगेको उल्लेख गरे।
उनका अनुसार केही विषयमा सहमति हुन बाँकी भए पनि वार्ता जारी छ र आशा कायम छ। उनले सम्भावित सम्झौताले विश्वलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
डारले दुवै पक्ष बाँकी मतभेद समाधान गर्न प्रयासरत रहेको र चाँडै अर्को चरणको वार्ता हुने अपेक्षा गरिएको जानकारी दिए। पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा सम्पन्न भएको थियो।











प्रतिक्रिया