नारायणगढ–दाउन्ने खण्डमा पुल निर्माण सम्पन्न


काठमाडौ ।

विस्ताराधीन पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको पूर्वी भाग (नारायणगढ–दाउन्ने) मा सबै पुल तथा कल्भर्ट निर्माण सम्पन्न भएको छ।

यस खण्डमा साना २२ र ठूला १२ गरी कुल ३४ पुल तथा २११ कल्भर्ट निर्माण गरिएका छन्। नवलपरासीको दुम्कीबासस्थित विनयी खोलामा बनेको २४५ मिटर लामो पुल शुक्रबारदेखि सञ्चालनमा आएपछि यातायात सहज भएको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको ६५ किलोमिटर सडक खण्ड विस्तार अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ।