नारायणीमा पुल बन्छ, मेघाैली पिठाैली जोडिन्छ


नवलपरासी। 

नेपाल कम्युनिस्ट पार्टी नवलपुर क्षेत्र नम्बर १ का उम्मेदवार लाेक प्रसाद भूर्तेलले मेघाैली र पिठाैलीलाई नारायणी पुलले जोडिने बताएका छन् ।

चितवन नवलपरासीकाे स्थानीय आवश्यकता मेघाैली र पिठाैली जाेड्ने घाेसरघाट पुल निर्माण हरेक निर्वाचनमा उठ्ने विषय हाे ।

भूर्तेलले याे पुल निर्माणकाे याेजनालाई आफ्नाे पहिलाे प्रथमिकताकाे विषय बनाएका छन् । नवलपुरकाे मध्यभाग कावासाेती र पश्चिम चितवनको ठूलाे क्षेत्रलाई करिब ३ किमि दुरीमै जोडिँदा दुई जिल्लाकाे बिकासमै कायापलट आउने भूर्तेलले पत्रकार सम्मेलन मार्फत बताए ।

निकुञ्ज छ कर्मचारीले टेर्दैनन् भन्नु हुतिहारा कुरा हाे, म जनताका दैनिकीलाई सहजीकरण गर्न उम्मेदवार बनेकाे हूँ संसदबाट जनताका पक्षमा नीति बनाएरै पनि नारायणीमा पुल हालिने भूर्तेलकाे दाबी छ ।

वर्तमानको पूर्व पश्चिम राजमार्ग नबन्दै पश्चिम त्रिवेणी देखि माडी ठाेरी जाेड्ने हुलाकी सडककाे याे निकै चल्तीको घाट हाे ।

उनले भने, जन प्रतिनिधिले चाहे गण्डकी र बाग्मती प्रदेश सरकारले पुल बनाउछ,कावासाेती नगर र भरतपुर महानगरले बनाउछ र पिठाैल मेघाैली जोडिन्छ ।

पत्रकार सम्मेलनमा उम्मेदवार भूर्तेलले विभिन्न दलहरू सहित बृहद गठवन्धनमा रहेको नेपाली कम्युनिस्ट पार्टी बाट तारा चुनाव चिन्ह लिएर आँफू चुनावमा उठेकाे र जनताकाे साथ समर्थनले जित सुनिश्चित रहेको बताए ।

उनले भने राजनैतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण,संविधानकाे रक्षा, आत्म निर्भर अर्थतन्त्रकाे निर्माण, अन्तर पुस्ता युवा लक्षित कार्यक्रम लगायतका बिबिध प्रतिबद्धता सहिता नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएको छु ।

यस्तै स्थानीय स्तरका जनअपेक्षा र आवश्यकता पूरा गर्न ओैधाेगिक क्षेत्र निर्माण, बैज्ञानिक फाेहर व्यवस्थापन,तटबन्ध,बिद्धुत,खानेपानी,सिंचाइ कुलाे,उत्तर दक्षिण सडक स्तराेन्नती, सुकुम्बासी समस्या समाधान लगाएतका याेजना बनाई काम गर्ने प्रतिबद्धता आम मतदाता संग राखेकाे बताए ।

साथै उनले झण्डै अढाई दशक अघि सरकारी सेवामा लेखा अधिकृतकाे अनुभव रहेकाले पनि आँफूलाई जनप्रतिनिधिका रूपमा जनताका काम गर्न कसैले घुमाउन रिगाउन नसक्ने दाबी गरे ।

स्थानीय अदालतचाेक कावासाेतीमा आईतबार आयाेजित सम्मेलनमा नेकपा जिल्ला ईन्चार्ज धन प्रसाद सापकाेटाले देशमा भस्ट्राचारकाे जराे केलाउदा पार्टी अध्यक्ष एवं प्रचण्ड सरकार अपधस्तमा परेकाे प्रसंग निकल्दै मुलुकमा सुशासन र समाजबादका लागि नेकपा तारा चिन्ह लिएर निर्वाचनमा हाेमिएकाे बताए ।

पत्रकार सम्मेलनमा नेपाली कम्युनिस्ट पार्टीका  केन्द्रीय सदस्य बालकृष्ण रानाभाट,अनिल परियार, जिल्ला नेता सुश्मा काफ्ले, प्रेम न्याैपाने,दूर्गा भण्डारी लगायतकाे उपस्थिति रहेको थियाे ।