राम नाम सत्यमा विराज र सुपुष्पा रोमान्टिक


आगामी चैत्र २७ गते रिलिजमा आउने फिल्म राम नाम सत्यमा समावेश धागोले बाटेको बोलको गीत सार्वजनिक गरिएको छ।
माइकल चन्दको निर्देशनमा बनेको फिल्मको गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डा. डीआर उपाध्यायको शब्द रचना र बाबुल गिरीको संगीत छ। रोमान्टिक शैलीको गीतमा फिल्मका मुख्य कलाकारहरु नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ। भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन्।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा उपेन्द्र शाही र स्वेता बिमलीद्वारा निर्मित फिल्ममा माइकल चन्दकै कथा र पटकथा, अभिमन्यू निरवी र समय थपलियाको स्क्रिप्ट सल्लाह, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत, सियोन श्रेष्ठको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन निर्देशन, काला चरणको पाश्र्व संगीत, मानकृष्ण महर्जनको डीओपी, राजेन्द्र मोक्तानको कलर र बन्दे प्रसादको सम्पादन छ।

पर्दा पछाडिको पर्दाको थिम बोकेको फिल्ममा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, स्व. सुनिल थापालगायतका कलाकारले अभिनय गरेका छन्। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता, मोती कार्की क्रियटिभ प्रोड्यूसर र राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको फिल्म्मा एक्सन, सस्पेन्स र लभ स्टोरी रहेको जनाइएको छ।