एनपीएलमा आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग पराजय व्यहोरे पनि दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै जित दर्ता गरेको थियो।

यता, पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। आजको खेल जित्दै दुवै टोली प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछन्।