सिरहामा ३०० ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ


काठमाडौं ।

सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गरी ३०० ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेकाहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ।

बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।