काठमाडौँमा ८७ जना पक्राउ


काठमाडौँ ।

प्रहरीले काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट ८७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार स्विप अपरेसन सञ्चालन गरी ७५ जना र फरार प्रतिवादी तथा अनुसन्धानमा रहेका १२ जनालाई पक्राउ गरिएको हो।

कार्तिक ९ गते बिहानदेखि १० गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको स्विप अपरेसनका क्रममा पक्राउ परेकाहरूको आपराधिक विवरण जाँच गरी मुद्दा चलाउने वा रिहा गर्ने निर्णय गरिने प्रहरीले जनाएको छ।

त्यसैगरी, अदालतबाट कैद तथा जरिवानाको फैसला भएका ८ जना र पक्राउ अनुमति जारी भई अनुसन्धानको क्रममा रहेका ४ जनालाई समेत नियन्त्रणमा लिइएको एसपी थापाले जानकारी दिए।