चितवन ।
चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। दुर्घटनापछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।




बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ११ जनालाई उपचारका लागि स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको ट्रमा सेन्टरमा लगिएको छ।
घटनास्थलमा उद्धार तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
दुर्घटनाका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि यातायात सञ्चालन प्रभावित भएको छ। दुर्घटनाको कारण, घाइतेहरूको अवस्थालगायत विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया