नेपाल साझा इतिहास, संस्कृति र पहिचानको प्रतीक हो : मुख्यमन्त्री थापा मगर


काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको बताएका छन्।

उनले नेपालको लामो ऐतिहासिक विरासत र पुर्खाहरूको त्याग, तपस्या तथा बलिदानबाट वर्तमान नेपाल निर्माण भएको उल्लेख गर्दै सनातनिक परम्पराको संरक्षण र पुस्तान्तरणमा जोड दिएका हुन् ।

मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई भावी पुस्तासम्म पुर्‍याउनु आवश्यक रहेको बताएका छन् । “नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,” उनले भभनेका छन् ।

नेपालको वर्तमान स्वरूप निर्माणमा पुर्खाहरूको योगदान स्मरण गर्दै उनले भनेका छन् , “निकै लामो विरासत, पुर्खाको पौरख, पसिना र रगतको बलिदानीको परिणति आजको हाम्रो विशाल नेपाल हो ।”

मुख्यमन्त्री थापा मगरले नेपालको सनातनिक परम्परालाई मौलिक स्वरूपमै संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । “यहाँको सनातनिक परम्परालाई जस्ताको तस्तै राखेर पुस्तान्तरण गर्नु हाम्रो आवश्यकता हो,” उनले उल्लेख गरेका छन् ।