सवारी दुर्घटनामा एक जनाको ज्यान गयो

0
Shares

उदयपुर ।

उदयपुरको सदरमुकाम गार्यघाटस्थित त्रियुगा नगरपालिका वडा नं ११ मा शनिबार राती ८.५० बजे भएको स्कुटर दूर्घटनामा एक जना पैदल यात्रीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार ७ गते शनिबारराति २०ंः५० बजे जिल्ला उदयपुर, त्रियुगा नगरपालिका–११, संगम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र—३–०२–०१२ प ४८२२ नं.को स्कुटर ले पैदल यात्रीलाई ठकर दिएको थियो ।

स्कुटरले पैदल यात्री स्थानीय अन्दाजी ५२ वर्षका राम बहादुर कार्कीलाई ठक्कर दिँदा निज गम्भीर घाइते भई तत्काल उपचारका लागि जिल्ला अस्पताल, उदयपुर पठाइएकोमा उपचारको क्रममा सोही दिन राति २१ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव उदयपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११, ढिम्की बस्ने अन्दाजी २३ वर्षका दिलिप के.सी.लाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।