काठमाडौँ ।
महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेर आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। यससँगै नेपालीको प्रमुख चाड बडादसैँसमापन हुँदैछ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा छ।धार्मिक विश्वासअनुसार आजको रात जाग्राम बस्नेको घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज अखिल बलिपूर्तिको कार्यसमेत सम्पन्न हुनेछ। विजयादशमीदेखि सुरु भएको टीका,जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजबाट समाप्त हुन्छ। आजै जमरा नदी, तलाउ तथा पोखरीमा विसर्जन गर्ने चलनछ।
कोजाग्रत पूर्णिमासँगै दुर्गा पक्षको समापन हुने भए पनि कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदानजस्ता धार्मिक कार्य भने त्यसपछि सुरुहुनेछन्।











प्रतिक्रिया