काठमाडौँ ।
पश्चिमी वायुको आंशिक प्रभावले आज देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही हिमाली स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई, उपत्यका तथा खोँचहरूमा बिहान हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
सोमबार पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा कोशी प्रदेशका केही हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।











प्रतिक्रिया