काठमाडौं ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, तीव्र गतिमा चलाउने ५७, सीसी क्यामेरामार्फत ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालक कारबाहीमा परेका छन्।
त्यस्तै, हर्न बजाउने आठ, लेन अनुशासन पालना नगर्ने तीन, सवारीको अवस्था ठीक नभएका दुई तथा अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उल्लंघन गर्ने चालकविरुद्ध निगरानी बढाउँदै कारबाहीलाई तीव्रता दिएको जनाएको छ।











प्रतिक्रिया