उदयपुर प्रहरीद्धारा असोजमा लागुऔषधमा १२ मानिस सहित ७ सवारी साधन पक्राउ

0
Shares

उदयपुर । जिल्ला प्रहरी कायाृलय उदयपुर र मातहतका प्रहरी इकाईहरुसमेतबाट २०८३ असोजमा गाँजा,ब्राउन सुगर, विभिन्न मनोद्धिपक लागु औषध सहित १२ जना मानिस र ७ थान सवारी साधन पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरद्धारा जारी प्रेस नोटमा उल्लेख भए अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहर िइकाईहरुबाट १ हजार ४ सय २ केजी गाँजा सहित ५ जना मानिस र ३ थान सवारी साधन पक्राउ गरिएको छ । पक्राउ परेका सवारी साधनहरुमा १ थान मोटर साइकल र २ थान पिकअप गाडी रहेका छन् ।

जिल्लाको कटारी नगरपालिका र बेलका नगरपालिकाका विभिन्न वडाहरुबाट उल्लेखित परिणामको गाँजा लुकाई छिपाई बिक्री गर्न लैजाँदै गरेका अवस्थामा, लुकाएर राखेको अवस्थामा र बेवारिसे अवस्थामा प्रहरीले विशेष सुचनाका आधारमा र सुरक्षा गस्ती गर्ने क्रममा फेला पारेको र प्रतिबन्धित लागु औषधका रुपमा रहेको गाँजा ओसार पसारमा संलग्न रहेका ५ जना मानिसहरु, त्यसमा प्रयोग गरिएका सवारी साधन ३ थान लाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

पक्राउ गरिएका अन्य लागु औषधहरुमा ब्राउन सुगर २ ग्राम ९४२ मिलिग्राम सहित १ जना मानिस र २ थान मोटरसाइकल पक्राउ गरिएको छ । विभिन्न मनोद्धिपक चक्की क्याप्सुल २५८८ ट्याव्लेटस सहित ४ जना मानिस र १ थान मोटर साइकल पक्राउ गरिएको छ ।

यसैगरी विभिन्न प्रकारका मनोद्धिपक सुई ११ एम्पुल सहित २ जना मानिस र १ थान मोटर साइकल पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीहरुबाट लागु औषध नियन्त्रणकालागि विभिन्न विद्यालयहरुमा, वडा कार्यालय, टोल विकास सस्था तथा समुदायमा जनचेतना मुलक कार्यक्रम सचालन गर्दै आएको जनाएको छ ।

अपराध न्युनिकरणकालागि गस्ती निगरानी तथा सूचना सकलन विस्तार ,अपराध विरुद्ध जनचेतना मुलक कार्यक्रम,सूचना संकलन र अनुसन्धान तथा विश्लेषण र अबैध गतिविधि नियन्त्रण जस्ता कार्यहरु गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक गणेश बहादुर बमद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।