काठमाडौँ ।
विजयादशमीको भोलिपल्ट आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाउने क्रम जारी छ। हिजो टीका थाप्न नभ्याएका सर्वसाधारण आज आफन्त तथा मान्यजनकहाँ पुगेर दुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइरहेका छन्।
टीका थाप्नका लागि काठमाडौँबाट बाहिरिने र बाहिरबाट काठमाडौँ आउने क्रम पनि जारी छ। लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले आफन्तकहाँ जानेहरूको चहलपहल बढेको छ।
विजयादशमीको मुख्य दिन टीका लगाए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने प्रचलन रहेकाले दसैँको रौनक अझै कायम छ।











प्रतिक्रिया