काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको बडादसैँको शुभसाइतमा टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट राष्ट्रपति पौडेलले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।
त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।











प्रतिक्रिया