बडादसैँको टीका र जमरा आजदेखि पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्ने परम्परा


काठमाडौं ।

विजया दशमीको मुख्य दिन आज बडादसैँको टीका लगाउन सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १०ः२६ बजेको उत्तम साइत निर्धारण गरेको थियो।

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने परम्पराअनुसार बिहानैदेखि टीका लगाउने क्रम सुरु भएको हो। विजया दशमी आफैँमा शुभ दिन भएकाले दिनभर टीका लगाउन सकिने बताइएको छ।

समितिले आज बिहान ८ः४९ बजे देवी विसर्जनको साइत तय गरेको थियो। टीका लगाएपछि कतिपय सर्वसाधारण काठमाडौं बाहिर जान थालेका छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन पनि फाट्टफुट्ट सञ्चालन भइरहेका छन्।

बडादसैँको टीका र जमरा आजदेखि पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्ने परम्परा रहेको छ।