पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ।

देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागसहित हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।