सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगामस्थित डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी आज (कात्तिक ३ गते) बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका सबै नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको छ।
घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटना के कारणले भएको हो भन्नेबारे थप विवरण सार्वजनिक हुन बाँकी छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पछिल्लो अवस्था : नौ जना घाइतेको उपचार भइरहेको छ। दुर्घटनामा मानवीय क्षति भए–नभएको तथा घाइतेहरूको थप विवरणबारे आधिकारिक जानकारी आउन बाँकी छ।











प्रतिक्रिया