सेन्ट जेभियर्स जावलाखेल र गोदावरीका  २७ शिक्षक  र कर्मचारी सम्मानित 


ललितपुर ।

 सेन्ट जेभियर्स स्कुलको ७५ औं वार्षिकोत्सव समाहरोहमा २५ वर्ष सेवा अवधि पूरा गरेका सेण्ट जेभियर्स जावलाखेलका १२ जना र गोदावरीका १५  शिक्षक कर्मचारीलाई सम्मान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच २७ जनालाई सम्मान गर्नुभएको हो । 

 सम्मानित हुनेहरुमा सेन्ट जेभियर्स जावलाखेलका राजेन्द्रप्रसाद आचार्य, ओमकृष्ण श्रेष्ठ, धनबहादुर गाहामगर,रवीन्द्र देउला,भवानी कोइराला, दिलबहादुर झेण्डी, गीता मास्के, हेम लामा र कृष्ण देउला, श्यामकुमार महर्जन, सूर्यबहादुर थापा, यामबहादुर राना रहनुभएको छ । 

गोदावरी सेन्ट जेभियर्सका बाबुकृष्ण सिलवाल, बिजुराज बज्राचार्य, गम्भीर कटुवाल, हरिकला राना, जितवहादुर तामाङ्ग र लक्ष्मण गुरुङ्ग थिए । यसैगरी मानबहादुर चौधरी, पुतली तामाङ्ग, बिनोद सिलवाल, राधिकाकुमारी पन्त, सन्तलाल महर्जन, सरोज कुमार राउत, सिता माया पाख्रिन र उर्वशी थापा क्षेत्री  हुनुहुन्छ । सबैलाई सम्मानपत्र साथ सम्मानित गरिएको थियो । 

कार्यक्रममा विद्यालयका पहिलो व्याचका विद्यार्थी रतनकुमार सिद्धिलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा सेण्ट जेभियर्स जावलाखेलका प्रिन्सिपल फादर लियो अल्फन्ज राज एसजे, जेजुईट सोसाईटिका दार्जिलिङ्ग–नेपाल क्षेत्रीय प्रमुख फादर साजुमन एस।जे र सेण्ट जेभियर्स गोदावरीका प्रिन्सिपल फादर विजय प्रताप टोप्पा एसजेले विद्यालयकोे शैक्षिक गतिविधि एवं सामाजिक उत्तरदायित्वका बारेमा प्रस्ट पार्नुभएको थियो ।

 सेन्ट जेभियर्सले नेपालको शिक्षा क्षेत्र विकासको लागि गरेको योगदानको प्रशंसा गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । ७५ वर्ष अघि विद्यालय स्थापना भएकै दिन जुलाई १ तारिख पारेर विद्यालयले गत वर्ष असार १७ गते सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई सहयोग गरी महोत्सव उद्घाटन गरेको थियो ।