काठमाडौं ।
मिस युनिभर्स नेपाल २०२६ की विजेता प्रयासना गुरुङले आफुलाई टाइटल जिताउन सघाउनेहरूलाई भेटेरै धन्यवाद दिइरहेकी छिन् । यही क्रममा मंगलबार प्रयासना सुन्दरीजलस्थित ड्याफोडिल पब्लिक स्कुल पुगेकी छन्। उपाधि जितेपछि विद्यालय पुगेकी उनले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै आफ्नो प्रतियोगिताको अनुभव र यात्राबारे जानकारी दिइन्।
कार्यक्रममा गुरुङले सौन्दर्य प्रतियोगितामा सहभागी हुँदाको अनुभव, तयारी र उपाधि जित्दासम्मको यात्राबारे विद्यार्थीहरूसँग कुराकानी गरिन्। उनले लक्ष्य निर्धारण, आत्मविश्वास र निरन्तर प्रयासलाई आफ्नो यात्राका महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिन्।
विद्यार्थीहरूले गुरुङसँग उनको प्रतियोगिताको तयारी, चुनौती र सफलताका विषयमा प्रश्न गरेका थिए। उनले विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै आफ्नो अनुभव सुनाइन्।
गुरुङको ड्याफोडिलसँगको सम्बन्ध भने प्रतियोगिताको उपाधि जित्नुअघिदेखि नै रहँदै आएको विद्यालयले जनाएको छ। मिस युनिभर्स नेपाल २०२६ को प्रतियोगिताका क्रममा ड्याफोडिलका विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभचिन्तकहरूले उनलाई मतदानमार्फत समर्थन गरेका थिए।

प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धा गरेकी गुरुङले मिस युनिभर्स नेपाल २०२६ को उपाधि जितेकी हुन्। उपाधिपछि उनी विद्यार्थी तथा विद्यालय समुदायसँग अनुभव साटासाट गर्न ड्याफोडिल पुगेकी हुन्।
अन्तरक्रियाका क्रममा गुरुङले सफलताका लागि निरन्तर प्रयास र आफूले आफूमाथि विश्वास गर्नुपर्ने बताइन्। उनले विद्यार्थीहरूलाई आफ्ना रुचि र क्षमताअनुसार लक्ष्य तय गरी त्यसतर्फ निरन्तर अघि बढ्न आग्रह गरिन्।
विद्यालयका अनुसार गुरुङको भ्रमणका क्रममा विद्यार्थीहरूले उनको व्यक्तिगत अनुभव र प्रतियोगितासम्बन्धी जानकारी प्रत्यक्ष रूपमा लिने अवसर पाएका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालय समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
गुरुङले उपाधि जितेपछि आफूलाई समर्थन गर्ने विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै विद्यालय फर्किएर विद्यार्थीहरूसँग अनुभव बाँड्न पाउँदा खुसी लागेको बताइन्।











प्रतिक्रिया