काठमाडौँ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । विशेष महाधिवेशनबाट सभापति बनेका थापाले पूर्ण कार्यकालका लागि पुनः सभापति पदमा उम्मेदवारी दिए ।
गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए।
गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिलाई आधार बनाएर कांग्रेसले विशेष महाधिवेशन आह्वान गरेको थियो।
१५औँ महाधिवेशनमा थापासँग प्रतिस्पर्धाका लागि किशोर सिंह राठोरले पनि सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, श्यामकृष्ण खड्कीले समेत सभापति पदमा उम्मेदवारी दिएका छन् ।
सभापति पदमा अन्य नेताहरूले पनि उम्मेदवारी दर्ता गराउन सक्ने सम्भावना रहेको छ। कांग्रेसले उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ६ बजेसम्मको समय निर्धारण गरेको छ।











प्रतिक्रिया