दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश


काठमाडौँ।

जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईं पक्राउ परेका थिए।