काठमाडौँ।
उद्योगी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार उनले समावेशी समूहबाट उपसभापति पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्ता प्रक्रियाका क्रममा चौधरी राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन समितिको कार्यालय पुगेर मनोनयनपत्र दर्ता गराएका हुन्।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेसँगै सभागृह परिसरमा उम्मेदवार, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको चहलपहल बढेको छ।
१५औँ महाधिवेशनबाट चयन हुने नयाँ केन्द्रीय कार्यसमितिका लागि देशभरबाट आएका ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। निर्वाचन समितिले निर्धारित समयभित्र उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरी त्यसपछि तय गरिएको निर्वाचन कार्यक्रम अघि बढाउने जनाएको छ।











प्रतिक्रिया