सशस्त्रका एआईजी दाहाल निलम्बित


काठमाडौँ।

संवेदनशील सूचना चुहाएको भन्दै सरकारले सशस्त्रका प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै दाहाललाई निलम्बन गरिएको जनाएको छ । ”पद अनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको कार्य गरेको भनी कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएकोमा उक्त अभियोग उपर जाँचबुझ गर्न निजलाई निलम्बन गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले तीन दिनभित्र जाँचबुझ गरी प्रतिवेदन बुझाउन पनि भनेको छ ।