–स्वस्थको सिबमा हरियो र अस्वस्थको सिबमा रातो रब लगाइने
–चार स्थानमा स्वास्थ्य परीक्षण
–यो वर्ष खाद्यले खसीबोका बिक्री नगर्ने
काठमाडौँ।
काठमाडौँ महानगरपालिकाले राजधानीवासीलाई दशैँमा स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थानमा स्वास्थ्य परीक्षण गर्न लागेको हो ।कामपाले दशैँमा स्वास्थ्य परीक्षण नगरेका चौपाया खरिद नगर्न अपिल गरेको छ ।
स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिबमा हरियो र अस्वस्थको सिबमा रातो रब लगाउने भएको छ। कामपा कृषि तथा पशुपंक्षी विभाग प्रमुख वरिष्ठ पशु चिकित्सक अवधेश झाले यो वर्ष पनि विगत जस्तै पशुचौपायाको स्वास्थ्य परीक्षण गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार भोलिमंगलवार बैठक बसेर कार्ययोजनासहित परीक्षणको व्यवस्थापन गर्नेछ । राजधानीको कलंकी, टुकुचा, बालाजु र कोटेश्वरको बिक्री कक्षमा चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । कामपाले स्वास्थ्य परीक्षण नगरेको चौपाया खरिद नगर्न आग्रह गरेको छ । विभागीय प्रमुख झाले भन्नुभयो– ।।।स्वास्थ्य परीक्षण गरी सिबमा हरियो रब
लगाएको चौपाया किन्नुहोला । रातो रब लगाएको नकिन्न अनुरोध गर्दछौँ ।’
कामपाले प्रदेश र संघ सरकारको संयोजनमा पशु चिकित्सकसहितको टोलीले परीक्षण गर्ने भएको हो । टोलीले काठमाडौँ भित्रिने चौपायाको हरियो रब लगाएको चौपाया खानयोग्य भएको सिफारिस गरेपछि मात्र खरिद गर्न विभागीय प्रमुख डा. झाले अपिल गर्नुभयो । कामपाले दशैँमा भित्रिने खसीबोका, भेडाच्याब्ग्रा वितरणस्थलको अनुगमन तथा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत परीक्षण गर्न लागेको जनाएको छ । कामपाले खसीबोका राजधानी भित्रिने नाकामा समेत परीक्षण गर्ने व्यवस्था गर्न लागेको छ । पशु चौपाया मात्र होइन दशैँमा प्रयोग हुने मिठाईलगायत उपभोग्य सामग्रीको समेत परीक्षण गर्ने कामपाले तयारी गरेको छ । विभागीय प्रमुख डा. झाले भन्नुभयो– ‘महानगरवासीलाई स्वस्थ मासु खुवाउन बिक्रीस्थलमै परीक्षण गर्न लागेका हौँ ।’
उहाँले चौपाया बिक्री स्थल र मासु पसल, वधशालासमेतमा आकस्मिक अनुगमन गर्ने जानकारी दिनुभयो । यो वर्ष विगतजस्तो धेरै मात्रामा खसीबोका नभित्रिने अनुमान कामपाको छ । रसुवा,धादिब, नुवाकोटलगायतका जिल्लामा बाढीपहिरोको कारण सयौँको संख्यामा पशु चौपायाबगाएको र डुबाएको कारण ती जिल्लाबाट खसीबोका भित्रिने सम्भावना छैन ।
कालीगण्डकी करिडोर क्षति पुगेपछि मनाब र मुस्ताब पुग्ने बाटोको समस्या भएको छ । दुई जिल्लाबाट च्याब्ग्रा आउने सम्भावना कम छ । यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत खसीबोका बिक्री नगर्ने भएको छ । व्यापार घाटामा जाने र खसीबोका पाउन कठिन भएकाले यो वर्ष बिक्री गर्ने काम बन्द गरेको जनाएको छ । खाद्यको कारण खसीबोका व्यापारमा व्यापारीमाथि अंकुश लागेको थियो । खाद्यमा सरकारी दरमा खसीबोका पाउने भएपछि त्यहीँ भीड लाग्ने गरेको थियो । निजी व्यापारीलाई समेत मनपरी शुल्क राखेर बेच्न क्रम रोकिएको थियो । खाद्यले यो वर्ष
खसीबोका, भेडा च्याब्ग्रालगायत पशु चौपाया बिक्री नगर्ने भएपछि जिउँदो खसीबोका र मासुको भाउ बढ्ने भएको छ । तैपनि कामपाले खाद्यबाहेक चौपाया बिक्रीस्थलमै स्वास्थ्य परीक्षण गरी स्वस्थ खसीबोकालाई बिक्री गर्न स्वीकृत दिएको थियो । बिरामी चौपायालाई उपचार गर्न आइसोलेसन सेन्टरबनाउने र तत्काल उपचार सम्भव भएका चौपायाको सोही स्थानमा स्वास्थ्य परीक्षण र उपचार गर्ने तयारी गरेको छ ।
कामपाले सबै स्थलमा छुट्टाछुट्टै समूह बनाएर अनुगमन गर्ने भएको छ । कलंकी, बिजुलीबजार र बागबजार, खसी बजारमा अनुगमनसमेत गर्नेछ । प्रत्येक स्थानमा पशु चिकित्सक, सहायकसहित ७ जनाको टोलीले परीक्षण गर्ने तयारी गरेको छ । कामपा हालसम्म मासु निरीक्षक नभएको कारण दशैँमा मात्रै चौपायाको स्वास्थ्य परीक्षण गर्ने गरेको छ । दशैँमा जिल्ला पशुसेवा कार्यालय वा भेटेनरी जनस्वास्थ्य कार्यालय वा स्वतन्त्र भेटेनरी चिकित्सकको सहयोगमा चौपायाको स्वास्थ्य र मासु निरीक्षण गर्नेछ ।
कामपाले स्वास्थ्य परीक्षण अवधिभर करिब आधा दर्जन पशु चिकित्सक राख्नेछ । मासु निरीक्षकको अभावमा राजधानीवासीले कस्तो मासु खाने गरेको भन्ने विषयमा कुनै जानकारी पाउन नसकेको अवस्थामा कामपाले दशैँमा भने स्वास्थ्य परीक्षण गर्न लागेको छ ।











प्रतिक्रिया