काठमाडौं ।
भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै नयाँदिल्लीको जन्तर–मन्तरमा फेरि प्रदर्शनको आह्वान गरिएको छ।
अल इन्डिया स्टुडेन्ट्स एशोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोराले शनिबार दिउँसो १ बजे प्रदर्शनका लागि भेला हुन आह्वान गरेकी छन्। यसअघि शुक्रबार पनि विपक्षी दल तथा वामपन्थी विद्यार्थी संगठनसँग आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका थिए।
दिल्ली प्रहरीले जन्तर–मन्तरमा प्रदर्शन गर्न अनुमति नदिएको जनाएको छ। साथै, नयाँदिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरिएको थियो। प्रहरीले शुक्रबार प्रदर्शनस्थल पुग्नुअघि नै सयौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।
यसैबीच, ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेले आगामी अक्टोबर १० मा दिल्लीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। सीजेपीले यसअघि मुम्बईको शिवाजी पार्कमा पनि ज्ञानेश कुमारको राजीनामा माग्दै प्रदर्शन गरेको थियो।











प्रतिक्रिया