ललितपुर।
ललितपुरको ऐतिहासिक पायः (खड्ग) जात्रालाई लोपोन्मुख अवस्थाबाट पुनः सञ्चालनमा ल्याउन र पुस्तान्तरण मार्फत निरन्तरता दिन उल्लेखनीय योगदान पु¥याउनुभएका मानमानेश्वरी भवानी (मुछें आगं) गुथिका मूल नाईके साम्राज्यदेव श्रेष्ठलाई सम्मान गरिएको छ।
नेवाः पत्रकार राष्ट्रिय दबूले जात्राको पुनर्जागरणदेखि यसको परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्न गुथियारहरूले निर्वाह गरेको भूमिकाको कदर गर्दै कोजाग्रत पूर्णिमाकाको अवसर पारेर सोमबार सम्मान गरेको हो।जात्रा सम्पन्न भएपछि कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मी मन्दिर परिसरमा प्रसाद ग्रहण गर्ने क्रममै उपस्थिति प्रहरी प्रशासन, सुरक्ष्ाँ निकाय, उद्यमी व्यवसायी, जनप्रतिनिधिहरुको माझमै सो सम्मान गरिएको थियो।
सो अवसरमा नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय नृपेन्द्रलाल श्रेष्ठले नाईके श्रेष्ठलाई सम्मानपत्र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानांड्डले कलात्मक कलश प्रदान गर्नुभयो।

दशैंको अवसरमा विशेषतः महानवमी र विजया दशमीको दिन सो जात्रा सञ्चालन हुने गर्दछ । जात्राको लागि मानमानेश्वरी भवानीदेवीलाई फुलपाटीको दिन पाटन दरबार क्षेत्रको मूलचोकमा विराजमान गराईन्छ भने जात्रा सम्पन्न भएपछि त्रियोदशीको दिन देवी त्यहाँ बाट पुन मुछेंमा फकाउने परम्परा रहेको छ।सो जात्रा सञ्चालन गर्ने गुथि अथांत् मुछे आगंलाई लिच्छविकालीन राजा मानदेवको वंशको उतराधिकारको रुपमा लिइन्छ।जात्राको दौरान प्रदर्शन हुने तीन वटा खड्गलाई सामाजिक सहिष्णुताको आधार, दानवप्रवृति विरुद्धको शक्ति प्रदर्शन,तान्त्रिक अनुष्ठान र सत्यको विजयोत्सवमा रुपमा लिइन्छ।मानमानेश्वरी भवानी देवीलाई राजा मानदेवले इष्टदेवका रुपमा पुज्ने गरेको इतिहास रहेको छ।
यो परम्परा ९ वर्षअघिसम्म लोप भइसकेको सूचीमा गथिन्थ्यो।नाच पुनः सञ्चालन गर्न सञ्चार क्षेत्र मार्फत निरन्तर पैरवीसंगै तीन जना पत्रकार प्रशान्त माली, सुनील महर्जन र राजेश बज्रचार्यले शुरूमा संयोजनकारी भूमिका निर्वाह गरेको थियो।तीन जना पत्रकारको अगुवाई र नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको आयोजनामा २०७३ असोज १७ गते पहिलो पटक जिल्लाका प्रशासन, स्थानीय निकाय, गुठी संस्थान, गुठीयारहरूको बृहत् गोष्ठी आयोजना गरेको पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सदस्य सो को संयोजक समेत रहेका राजेश बज्राचार्यले जानकारी दिनुभयो।
त्यसले नाच पुनः सञ्चालनका क्रममा गोष्ठीमा उठाईएको माग, समस्या समाधान, सरोकारवाला र गुठीयारबीच समन्वय, स्थानीय निकायमा निरन्तर पैरवीको लागि आधार तयार गरेको पनि बज्राचार्यको भनाई छ।यही क्रममा गुठीयार, सञ्चार क्षेत्र, नेवाःपत्रकार राष्ट्रिय दबू, उद्यमी, व्यवसायी र महानगरपालिका लगायत सबैको पहलको परिणति २०७४ मा पाटन दरबार क्षेत्रमा पायः जात्रा सञ्चालनको लागि क्षमा पुजा गरिएको थियो।२०७५ सालदेखि पायः जात्रा सञ्चालन भएको थियो।

‘सबैको सामूहिकले पायः जात्रा सञ्चालन भयो, सञ्चालन गर्ने वातावरण तयार भयो र तर सञ्चालन गर्ने त गुथियारहरु नै हुन् । हाल गुथियारहरु पुस्तान्तरण हुनु सुखद र उपलब्धिको विषय हो। यो पक्ष कदर गर्न योग्य रहेको छ ।’ बज्राचार्यले भन्नुभयो।
सो अवसरमा महाशाखा प्रमुख प्रधानांड्ड लोपोन्मुख अर्मूत संस्कृति पुनसञ्चालनको लागि पायः जात्राको पुनरागमनको संघर्ष सबैका लागि प्ररेणादायी र सिक्न योग्य रहेको धारणा राख्नुभयो।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले अमूर्त संस्कृति संरक्षणमा समुदायको भूमिका सबै भन्दा महत्वपूर्ण हुने राज्य, प्रशासन, सञ्चारजगत र अरु निकाय मिलेर त्यसको सहजीकरण वातावरण तयार गर्दै जानुपर्ने खाँचो औंल्याउनुभयो।
सम्मानपत्र ग्रहणपछि नाइके श्रेष्ठले जात्रा सञ्चालन गर्न मुख्य भूमिका निर्वाह गर्नेदेखि लिएर त्यसको निरन्तरता र पुस्तान्तरणसम्म पनि नेवाः पत्रकार राष्ट्रिय दबूसहित सञ्चारकर्मीको भूमिका उच्च सराहना गर्नुभयो।











प्रतिक्रिया