काठमाडौँ ।
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भूभागमा आंशिक बदली छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेससहित कोशी र बागमती प्रदेशका तराईका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्नेछ। तराईका केही स्थानमा हुस्सु लागिरहेको र राति तथा बिहानीपख पनि हुस्सु लाग्ने सम्भावना रहेको छ।











प्रतिक्रिया