रामेछाप।
नाबालिका छात्रालाई परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउँदै बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्।
भण्डारीले आफूले अध्यापन गराउँदै आएको विद्यालयकी १३ वर्षीया नाबालिका छात्रालाई परीक्षामा पास गराइदिने भन्दै ललाई–फकाई संवेदनशील अंगमा छुने तथा चिमोट्ने गरेको आरोप छ। साथै, फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाई पटक–पटक यौनजन्य क्रियाकलाप गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले भण्डारीलाई बिहीबार पक्राउ गरी रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले घटनामा पीडित बालिकाको पहिचान गोप्य राखेको छ। आरोप पुष्टि हुन बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया