काठमाडौँ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो।
परराष्ट्रमन्त्री खनालले दुई देशबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै आगामी दिनमा थप सहकार्य गर्दै जाने बताए। साथै, उनले दुई मुलुकबीच जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा समेत छलफल गरेका थिए ।











प्रतिक्रिया