आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बादल लाग्ने


काठमाडौँ ।

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।

आज हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बादल रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।