काठमाडौं, (नेस) ।
मार्वलस इङलिस बोर्डिङ स्कुलले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । मार्वलस अपराजित रहँदै च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मार्वलसले संस्कृति इन्टरनेसनल स्कुललाई ८०–४८ ले सहजै पराजित ग¥यो । मार्वलसका लागि सिनेप शाहीले २६ स्कोर गरे ।
उपाधिसंगै मार्वलसले २५ हजार तथा संस्कृतिले १५ हजार नगद पुरस्कार जिते ।
यो वर्ष मार्वलसको यो लगातार चौथो उपाधि हो । यसअघि मार्वलसले तेजस्वी, ग्रिनफिल्ड र ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेको थियो । यि तीनै उपाधि यात्रामा पनि मार्वलस अपराजित रह्यो ।











प्रतिक्रिया