यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले प्रेस ब्रिफिङ गर्ने


काठमाडौँ । 

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई असोज १४ गते बिहान स्वदेश फर्कने भएका छन्।

स्वदेश फर्किएलगत्तै उनले संयुक्त राष्ट्रसंघको महासभा तथा सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकमा नेपालको सहभागिताबारे प्रेस ब्रिफिङ गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रेस ब्रिफिङ असोज १४ गते बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भीआईपी लाउन्ज) स्थित मिडिया कक्षमा हुनेछ। मन्त्रालयले सञ्चारकर्मीलाई ब्रिफिङमा उपस्थित हुन आग्रह गरेको छ।