काठमाडौं ।
गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको देउवा समूहमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उनलाई पार्टीमा स्वागत गरेका हुन्। कांग्रेस प्रवेशसँगै मनाङेलाई मनाङ जिल्लामा पार्टीको अधिवेशनका लागि महत्वपूर्ण जिम्मेवारी दिइएको छ।
उनलाई मनाङ जिल्ला अधिवेशन आयोजक समितिको संयोजकसमेत बनाइएको छ।
मनाङे गण्डकी प्रदेशका पूर्वमन्त्री हुन्। उनको कांग्रेस प्रवेशसँगै मनाङ जिल्लामा पार्टीको संगठनात्मक गतिविधिमा नयाँ राजनीतिक समीकरण बन्ने देखिएको छ।











प्रतिक्रिया