काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै छ। बैठकमा बाढीपीडितको पुनर्स्थापना, कर्मचारी बढुवा तथा संघीय निजामती सेवा विधेयकलगायत विषयमा छलफल हुने बताइएको छ।
बैठकले प्रशासन र प्राविधिकतर्फबाट एक–एक जना सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको छ। प्रशासनतर्फ आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्य तथा प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठ बढुवाका लागि सिफारिस भएका छन्।











प्रतिक्रिया