काठमाडौं ।
गृह मन्त्रालयले १२ असोजमा १०० जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा अधिकांश नायब सुब्बा तथा सोसरहका कर्मचारी रहेका छन्।मन्त्रालयले जिल्ला प्रशासन, कारागार र अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो।
सरुवा भएकामध्ये अधिकांशलाई सम्बन्धित जिल्लाभित्रैका विभिन्न कार्यालयमा खटाइएको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीको साविक र नयाँ कार्यालयसहितको विवरण सार्वजनिक गरेको छ।














प्रतिक्रिया