ओखलढुङ्गा ।
ओखलढुङ्गाकी महिला नेतृ अर्चना लुईटेलले नेपाली काङ्ग्रेसको आशन्न महाधिवेशनमा महिला महाधिवेशन प्रतिनिधिमा उमेदवारी दर्ता गराएकी छिन । नेपाल विद्यार्थी संघ पूर्व केन्द्रिय सदस्य नेतृ लुईटेलले ओखलढुङ्गामा जारी काङ्ग्रेस क्षेत्रीय अधिवेशनमा महिला महाधिवेशन प्रतिनिधि पदमा उमेदवारी दिएकी हुन ।

बौद्धिक व्यक्तित्वको छवि बनाएकी लुइटेलले कानुन र व्यवस्थापन दुईवटा सङ्कायमा स्नातक गरेका छन भने अर्थशास्त्र राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेकी छिन । स्पष्ट वक्ता लुईटेलले नेपाल विद्यार्थी सङ्घको जिल्ला तह देखी केन्द्रिय कार्य समितिमा रहेर काम गरि सकेका छन ।
नेपाली काङ्ग्रेसमा महिलाहरूको अर्थपूर्ण सहभागिताका लागी आफू सँधै लागी पर्ने उहाँको भनाई रहेको छ । नेतृ लुइटेलले युवाहरूको सशक्तीकरण र पार्टीका नीति तथा निर्णयहरूमा तल्लो तहका नागरिकहरूको आवाज बुलन्द गर्न आफू सँधै अग्रपङ्तिमा रहेर काम गर्ने प्रतिज्ञा ओखलढुङ्गाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरू सँग गरेका छन ।











प्रतिक्रिया