काठमाडौँ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।
आज राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।











प्रतिक्रिया