बारा ।
बाराको सिम्रौनगढ नगरपालिका–२, सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले सोमबार साँझ सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी ५० वर्षीय जयप्रकाश कुसवाहलाई पेस्तोलसहित नियन्त्रणमा लिएको हो।

एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट गोलागञ्जबाट प्रहरी निरीक्षक सुरेन्द्रबहादुर मल्लको कमाण्डमा खटिएको टोलीले सलेमपुरमा जाँच गर्ने क्रममा कुसवाहको साथबाट दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका कुसवाहलाई बरामद हतियार तथा गोलीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया