काठमाडौं ।
मनाङको हिमलुङ हिमपहिरोमा थप दुईजनाको शव फेला परेको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार खोजीका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो।
थप दुई शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। एसोसिएसनले घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ।











प्रतिक्रिया