अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–८ स्थित सातमारामा ईभी गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन्। दुर्घटनामा घाइते चालकलाई सशस्त्र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।
दुर्घटनामा दाङको राप्ती गाउँपालिका–१, पुलचोक निवासी ३२ वर्षीय उज्वल शाक्य घाइते भएका हुन्।
असोज १० गते राति करिब सवा ९ बजे कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको ००१ लु.प्र. ०२–००१ ज ०१५९ नम्बरको ईभी गाडी शितगंगा नगरपालिका–८ को सातमारामा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो।
दुर्घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण ज्वालामाई भालुवाङ दाङबाट सशस्त्र प्रहरी उपरीक्षक यदु कुमार कार्कीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। टोलीले घाइते चालक शाक्यको उद्धार गरेको हो।
उक्त गाडीमा चालक मात्रै सवार रहेको बताइएको छ। उद्धारपछि शाक्यलाई थप उपचारका लागि भालुवाङ अस्पताल, दाङ पठाइएको छ। उनको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए।











प्रतिक्रिया