काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरिएको घटनाप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्। पोखरेलले जबराको पक्राउ नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको उल्लेख गरेका छन्। गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको टिप्पणी गर्दै पोखरेलले जबराको पक्राउप्रति असन्तुष्टि व्यक्त गरेका छन्।











प्रतिक्रिया