काठमाडौँ ।
पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशबाट झण्डै २७ करोड, ८५ लाख बराबरको अवैध किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवयर, मोटरपाट्र्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले उक्त सामान ओसारपसारमा संलग्न १० करोड २२ लाख भन्दा बढी मुल्यको सवारीसाधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ । त्यस्तै सोही अवधिमा ३० लाख भन्दा बढी रपैयाँ बराबरको १ हजार १ सय क्यूफिट काठ बरामद गर्नुकासाथै १ सय २ ग्राम चाँदी समेत बरामद गरेको छ ।
साथै उक्त कार्यमा संलग्न ८४ जना नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाईएको छ । मधेश प्रदेशस्थित सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार कार्यलाई समेत सशस्त्र प्रहरी बल नेपालले कडाई गर्दै आईरहेको छ । तीन महिना अवधिमा ब्राउन सुगर १ सय ९३ ग्राम, चरेश ९ किलो ५ सय ग्राम र गाँजा १ हजार ६ सय ६ किलो भन्दा बढी बरामद गरेको छ । त्यस्तै सो अवधिमा ३ वटा कटुवा पेस्तोल, २ थान सिक्सर २ थान भरुवा बन्दुक तथा सोको राउण्ड र बारुद समेत बरामद गरेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा हुने मानव वेचविखनको आशंकामा २९ जना महिला र ३० जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाएको छ । बर्तमान सरकारको नीति निर्देशन अनुरुप मधेश प्रदेशको शान्ति सुरक्षा तथा सुशासन कायम राख्नको लागि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षादेखि अवैध चोरीतस्करी नियन्त्रण तथा अवैध क्रियाकलाप रोकथाममा सशक्त बन्दै आएको छ ।
साम्प्रादयिक प्रदर्शन, बलत्कार घटना, सीमापार अपराध, विपद् व्यवस्थापन तथा लागूऔषध नियन्त्रण लगायतका कामकारवाहीमा सशस्त्र प्रहरी बल नेपालले अन्य सुरक्षा निकाय तथा स्थानीय सरकारसँग मसन्वय गरी परिचालनका क्षेत्रमा थप संयमित भएर काम गर्दै आईरहेको छ । संगठनको नीति निर्देशनलाई अक्षरस पालन गर्दै मधेश प्रदेशस्थित जिल्लाहरुको सीमा सुरक्षामा थप सक्रिय भई परिचालन भएको आभास आम नेपाली सर्वसाधारणहरुसम्म महशुस भएको छ । सीमा चिन्हहरुको डिजिटल रेकर्ड तथा भौतिक अवस्थाको अद्यावधिक गर्नुकासाथै समकक्षी भारतीय सुरक्षा निकायसँग समन्वय गरी सीमा पिलरहरुको मर्मतसम्भार गर्दै आएको छ ।
दशगजा क्षेत्रको सुरक्षा, सीमा अतिक्रम रोक, अतिक्रमिक क्षेत्र खाली गराउने कार्यमा समकक्षीहरुसँग निरन्तर समन्वय गरी सहजता अपनाउँदै आएको छ । नेपाल–भारत खुला सीमाबाट हुने तस्करी, मानव वेचविखन, सीमा अपराध नियन्त्रमा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका इकाईहरु थप सक्रियताकासथा जुटेको छ । सशस्त्र प्रहरीले मधेश प्रदेशस्थित विभिन्न नदीजन्य ठाउँहरुमा उत्खनन गर्ने कार्यमा संलग्न २२ वटा ट्याक्टर, २६ वटा टिपर र २ वटा जेसीबी समेत नियन्त्रणमा लिएको छ ।
मनसुनको समय शुरु भएदेखि सशस्त्र प्रहरीले विपद्मा परेका १५ पुरुष र १५ महिला गरी ३० जनालाई सकुशल उद्धार गर्न सफल भएको छ । विभिन्न घटनमा परेका २ सय ११ पुरुष र ६३ जना महिला गरी २ सय ७४ जनाको घाईते अवस्थामा उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल पु¥याएको छ । सूचनाका आधारमा अवैध सामान बरामद गर्नको लागि बाहिनीमा सिनियर अधिकृतको कमाण्डमा स्ट्राइकिङ टिम खटाईनुको साथै सीमाका गणहरुमा समेत सीमा ईलाका अनुगमनको लागि डेडिकेटेड अधिकृत खटाई कार्य गरिएको छ । सीमा सुरक्षा र सहजीकरणतर्फ सशस्त्र प्रहरी बलले सीमावासीलाई राज्यको उपस्थितिको अनुभूति दिने गरी जनविश्वास बढाउने काममा जोड दिएको छ ।











प्रतिक्रिया