गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानी, सतर्कता अपनाउन आग्रह


काठमाडौं ।

गण्डक ब्यारेजमा पानीको बहाव बढेर २ लाख ७३ हजार ६ सय क्युसेक पुगेको छ। शनिबार बिहान ९ बजेको मापनअनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९.४० फिट पुगेको छ।

देवघाटमा बिहान ८ः३५ बजे ३ लाख ४८ हजार क्युसेक पानी मापन भएको छ। देवघाटको बहाव बढ्दो क्रममा रहेकाले त्यसको प्रभाव गण्डक ब्यारेजमा समेत पर्न सक्ने जनाइएको छ।

गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको बहावलाई जोखिमको सूचक मानिन्छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नारायणी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।