गैंडाकोट ।
नेपाली कांग्रेस गैंडाकोट नगर कार्यसमितिको सभापतिमा खेमराज सापकोटा सर्वसम्मत चयन भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न नगर अधिवेशनले सापकोटालाई नगर सभापतिको जिम्मेवारी दिएको हो ।
नगर अधिवेशनबाट गोविन्दप्रसाद घिमिरे र तुलसी गैरे सुवेदी उपसभापतिमा सर्वसम्मत चयन भएका छन् । यस्तै, हर्कबहादुर घर्ती सचिव र रत्नबहादुर बोहोरा सहसचिवमा सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले ३५ वर्षमुनिको युवा समूहबाट आशिका कोइराला, दिपेश नेपाली र विकल सापकोटालाई नगर कार्यसमिति सदस्यमा चयन गरेको छ । दलित महिलातर्फ निर्मला रामदाम तथा दलित खुलातर्फ भद्रबहादुर दमाई चयन भएका छन् ।
नगर कार्यसमितिमा गैंडाकोट नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी सदस्यसमेत चयन गरिएको छ । वडा नं. १ बाट देवीकला सापकोटा कँडेल र शेखरनाथ पोखरेल, वडा नं. २ बाट पार्वतीदेवी शर्मा गौडेल र गोपालप्रसाद अधिकारी तथा वडा नं. ३ बाट टेकप्रसाद रिमाल चयन भएका छन् ।
वडा नं. ४ बाट मञ्जुदेवी शर्मा र दीपक रिमाल, वडा नं. ५ बाट वी. कँडेल सापकोटा र राजेन्द्र अधिकारी तथा वडा नं. ६ बाट मायादेवी ठकुरी र मोतीप्रसाद अधिकारी सदस्यमा चयन भएका छन् ।
त्यस्तै वडा नं. ७ बाट देवीकला सापकोटा कँडेल र उमनाथ शर्मा, वडा नं. ८ बाट विष्णुकुमारी मल्ल रिमाल र द्रोणराज सापकोटा, वडा नं. ९ बाट गमता भट्टराई पाण्डे र नन्दलाल कँडेल चयन भएका छन् ।
वडा नं. १० बाट अन्जु श्रेष्ठ र रामचन्द्र काफ्ले, वडा नं. ११ बाट भोजबहादुर महतो तथा वडा नं. १२ बाट अमृता पौडेल र सुरेन्द्र ढुंगाना नगर कार्यसमिति सदस्य बनेका छन् ।
यसैगरी वडा नं. १३ बाट लोकमाया खत्री र गोकुलप्रसाद पौडेल, वडा नं. १४ बाट जुक्तकुमारी पौडेल र भीमप्रसाद रेग्मी, वडा नं. १५ बाट सरस्वती तिमिल्सिना र विजय खराल तथा वडा नं. १७ बाट तुलकुमारी थापा र अम्बिका भट्टराई चयन भएका छन् ।
वडा नं. १८ बाट टंकमाया सोती र लालसिं सारु नगर कार्यसमिति सदस्यमा चयन भएका छन् ।
नगर अधिवेशनले नयाँ नेतृत्वसँगै विभिन्न वडा र समावेशी समूहको प्रतिनिधित्व हुने गरी कार्यसमिति चयन गरेको हो । सर्वसम्मत नेतृत्व चयन भएपछि नगर तहमा कांग्रेसको संगठनलाई थप व्यवस्थित बनाउँदै आगामी महाधिवेशनका गतिविधि अघि बढाउने तयारी गरिएको छ ।











प्रतिक्रिया